समृद्धि फाईनान्सले नयाँ वर्ष २०७९ सालको आफ्नो आधिकारिक क्यालेन्डर सार्वजनिक गरेको छ | यहि चैत्र १६ गते संस्थाका प्रमुख कार्यकारी अधिकृत टिका निधि लोहनीले शाखा कार्यालय पुतलीसडक काठमाण्डौमा एक कार्यक्रममाझ आफ्नो आधिकारिक क्यालेन्डर सार्वजनिक गरेको फाईनान्सका व्यवसाय प्रवद्वन अधिकृत सुरज कुमार सराफले जानकारी दिनुभाएको छ | साथै , ई -क्यालेन्डर पनि आफ्नो आधिकारिक अन लाईन पेज फेसबुक , इस्टाग्राम र टूइटर र वेभसाईट मार्फ़त सार्वजनिक गरेको छ |
फाईनान्सले मुद्दति निक्षेपमा सर्वाधिक १२.५० %, र बचत निक्षेपमा अधिक्तम १० % सहित आकर्षक ब्याजदर सहितका बिभिन्न बचात खाताहरु समेत संचालनमा ल्याइएको छ | फाईनान्सले हाल पाच ओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सन्जाल विस्तार गर्दै चाडै नै जनकपुर , इटहरी , र बनेपामा पनि शाखा संचालन हुने जनाएको छ |
समृद्धि फाइनान्स Samriddhi Finance Company ले निष्काशन गरेको हकप्रद बाँडफाँड भएको छ । बिकी प्रबन्धक बिओके क्यापिटलले हिजो बुधबार शेयर बाँडफाँड गरेको हो ।
क्यापिटलका अनुसार हकप्रदमा रितपुर्वक आवेदन दिएकालाई १७ लाख ८९ हजार २ य ३९ कित्ता शेयर बाँडफाँड गरिएको छ । आफ्नो हक भन्दा बढी हकप्रद शेयरको निमित्त आवेदन गरी बाँडफाँटमा नपरेका शेयरधनीहरुको शेयर वापतको रकम फिर्ता भुक्तानी २०७८/१२/२० गते आईतबारदेखि आवेदकले आफ्नो आवेदन फाराममा उल्लेख गरेको बैंक/वित्तीय संस्थाको खातामा आईपीएस मार्फत सिधै रकमान्तर गरिने क्यापिटलले जनाएको छ।
कम्पनीले हकप्रदमा बिक्रि नभएको शेयर लिलाम गर्ने छ । कम्पनीले फागुन ८ गतेदेखि २:१ अनुपात अर्थात् ५० प्रतिशतको दरले हुन आउने २७ करोड २९ लाख ७० हजार ५ सय रुपैयाँ बराबरको २७ लाख २९ हजार ७ सय ५ कित्ता हकप्रद निष्काशन गरेको थियो । फाईनान्सले हकप्रद निष्काशनको लागि पुस ११ बुक क्लोज गर्ने निर्णय गरेकोले पुस ८ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद पाउन सक्ने ब्यबस्था थियो।
वल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई नेपाल राष्ट्र बैंकले समस्याग्रस्त मुक्त घोषणा गरेपछि नयाँ समूहले लिएर फाइनान्सको नाम तथा लोगो परिवर्तन गरी समृद्धि फाइनान्सका नामबाट वित्तीय कारोबार सुरु गरेको हो। फाइनान्सले यस अघि १:२ को अनुपातमा २ सय प्रतिशतको दरले ३६ लाख ३९ हजार ६ सय ६ कित्ता हकप्रद निष्कासन गरेको थियो ।